साथीले पाँच सय रुपैयाँ नदिँदा, पत्नी उडाइदिएपछि…

भारतमा एक व्यक्तिले साथीले ५ सय रुपैयाँ नदिएपछि साथीकी पत्नी लगिदिएका छन् । यो घटना भारतको कर्नाटक राज्यको हो ।

बासवराज नाम गरेका शिकायतकर्ताले आफूसँगबाट पत्नीलाई साथ रमेश हुक्केरीले अलग गरिदिएका थिए । किनकि, ती युवकले रमेशको ५ सय रुपैयाँ उधारो दिन सकेनन् । रिपोर्टका अनुसार पीडित र आरोपी दुवै व्यक्ति एक होटलमा सप्लायरका काम गर्ने गर्थे । उही होटलमा बासवराजकी पत्नी पार्वतीले पनि काम गर्ने गर्थिन् ।

महिलाले दुवै युवालाई चिनेकी थिइन् । ती महिलाले बासवराजसँग सन् २०११ मा बिहे गरेकी थिइन् । उनीहरुको तीन वर्षकी छोरी पनि छिन् । युवकका अनुसार महिला गर्भवति छिन् र छिट्टै अर्को बच्चा पनि जन्माउनेवाला छिन् ।

युवकका साथीले पत्नीसँगबाट केही महिनापहिले मात्र अलग गराएका थिए । यता आरोपी रमेशको पनि पहिले नै बिहे भइसकेको छ ।

अहिले रमेशले दोस्रो बिहे गर्नका लागि पहिलेकी पत्नीलाई माइतीमै छोडिदिएका छन् । यतिसम्म कि, माइतीमा बसेकी श्रीमती अहिले फर्केर फेरि घर आउन पनि इन्कार गर्न थालेकी छिन् ।

प्रहरीका अनुसार यो घटनाको अनुसन्धान भइरहेको छ । यसमा उचित कारवाही हुने आश्वासन पनि प्रहरीले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?