काठमाडौं । आजदेखि एक सातासम्म नागढुंगा–पिपलामोड सडकखण्ड प्रभावित हुने भएको छ ।
त्रिभुवन राजथप अन्तर्गतको नागढुंगा–पिपलामोड सडकखण्ड सोमबार बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म मर्मत तथा सुधार गर्नुपर्ने भएकोले यातायात प्रभावित हुने डिभिजन सडक कार्यालयले जनाएको छ ।
त्रिभुवन राजथप अन्तर्गतको नागढुंगा–पिपलामोड सडकखण्ड सोमबार बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म मर्मत तथा सुधार गर्नुपर्ने भएकोले यातायात प्रभावित हुने डिभिजन सडक कार्यालयले जनाएको छ ।
कार्यालयले सो समयमा ट्राफिक व्यवस्थापनमा जटिलता उत्पन्न हुनसक्ने भन्दै आवश्यक समन्वयको लागि ट्राफिक प्रहरीसँग अनुरोध गरेको छ ।
सो सडक निर्माण गरिरहेको निर्माण व्यवसायी कृष कन्ट्रक्सन मार्फत मर्मत तथा सुधार कार्य हुने भएकोले यातायात प्रभावित हुने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया