फेसबुकमा लाइभ देखाउँदै चितवनमा गरे युवकले आत्महत्या

काठमाडौं । चितवनमा एक २६ वर्षीया युवाले फेसबुकमा लाइभ देखाएर आत्महत्या गरेका छन् ।

चितवन कालिका नगरपालिका घर भएका २६ वर्षीय निश्चल तामाङले गएराति अबेरसम्म फेसबुकमा लाइभ देखाएर आत्महत्या गरेका हुन् । 

आइतबार राति ९ः३० बजे आत्महत्या गर्ने घोषणा फेसबुक मार्फत नै गरेका निश्चलले १२ः४५ बजे आत्महत्या गरेका हुन् । 

मेन्स रुम रिलोडेड जस्ता अनेकौँ फेसबुक गु्रपहरुमा उनलाई बचाउन, प्रहरीलाई तथा आफन्तलाई फोन गर्न आग्रह गरेका थिए । तर, ती सबै फेसबुकबाट गरिएका आग्रहहरु असफल भएका थिए । 

‘निश्चलका साथीले १ बजेतिर उनका बबुबालाई ‘अंकल’ छोराको कोठामा गएर हेर्नु भनेर कराएपछि मात्र थाहा पाएँ ।’ बुबा जीवन तामाङले भने, ‘छोराको कोठामा गएर हेर्दा निश्चत झुण्डिएको अवस्थामा फेला पार्यो ।’

साथै उनका बुबाले मोबाइलमा धेरै कल आएको तर मस्त निद्रामा भएका कारणले थाहा नपाएको उनले बताए ।  

‘निश्चल लागू औषध खान्थे । तीन महिना अगाडि सानिमाले उनलाई काठमाडौंको सुधार केन्द्रमा लगेर राखेकी थिइन् ।’ बुबा जीवन तामाङले भने, ‘सुधार केन्द्रबाट फर्किएपछि केही ठीक भएको थियो । १५ दिन अगाडि मात्र फेरि काठमाडौं गएको थियो । फर्केर आउँदा उस्तै भएछ ।’ 

‘आइतबार राति निश्चलको कोठाबाट कुरा गरेका आवाज आएको थियो । निश्चल अंग्रेजीमा कुराकानी गरिरहेको थियो । अंग्रेजीमा कुरा गरेको हुनाले मैले केही बुझिन’ बुबा तामाङले भने,  घरमा बुवाआमा, काकाकाकी, हजुरबा निन्द्रामा मस्त थिए । 

प्रहरी चौकी चितवनका सई शम्भु चौधरीका अनुसार प्रहरी टोली घटनास्थल पुग्दा निश्चलले आत्महत्या गरिसकेको जानकारी दिए । उनको कोठाबाट फोन र रक्सीको बोल फेला परेको उनले बताए । 

आइतबार राति ९ः३० बजे उनले फेसबुकमा अङ्ग्रेजीमा लेखे, ‘धेरै गम्भीर कुरा हुँदैछ । म आज राति १२ बजे लाइभ आउँदैछु, कृपया मेरो लाइभ रेकर्ड गर्नुस् ।‘ त्यो सांकेतिक स्टाट्समा कसैको कमेन्ट थिएन । 

राति १० बजेर १३ मिनेटमा उनले स्पष्ट रुपमै लेखे, ‘तपाईँहरुमध्ये कति जना लाइभ आत्महत्या गरेको हेर्न चाहनुहुन्छ ?’ यसमा भने उनका फेसबुक साथीहरुले आफ्नै पाराले सम्झाउन खोजेको कमेन्टहरु थिए ।  

आत्महत्याको संकेत गर्ने स्टाट्स लेखेलगत्तै उनले थप तीन वटा स्टायटस लेखे :-

 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?