सान होजे । प्रधानमन्त्री केपी शर्मा ओलीका लागि आयोजना गरिएको रात्रि भोज कार्यक्रममा कोस्टारिकामा युनाइटेड वल्र्ड कलेजमा अध्ययनरत नेपाली विद्यार्थीले नेपाली गीत तथा नृत्यु प्रस्तुत गरेका छन् ।
सोमबार प्रधानमन्त्री ओली कोस्टारिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीले प्रधानमन्त्री तथा उनको नेतृत्वमा आएको नेपाली प्रतिनिधि मण्डलको सम्मानमा आयोजना गरेको रात्रिभोजमा सहभागी भएका थिए ।
प्रधानमन्त्री ओलीको साथमा उनकी धर्मपत्नी राधिका शाक्य रहेकी थिइन् ।
प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा उनका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया