भ्रष्टाचार लुकाउन यातायातका कर्मचारीद्वारा फाइल नै नष्ट

काठमाडौं–आर्थिक चलखेलका आधारमा परीक्षा र ट्रायलविना नै सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्ने यातायात व्यवस्था कार्यालय पर्साका कर्मचारीले भ्रष्टाचार लुकाउन फाइल नै गायब बनाएका छन् । फाइल नष्ट गरे पनि उनीहरूले भ्रष्टाचार भने लुकाउन सकेनन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयका प्रमुखसहित ५ कर्मचारीविरुद्ध प्रमाण लुकाएको अभियोगसमेत थपेर आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । नयाँ पत्रिकाले विस्तृतमा खबर छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?