राजविराज । मुलुक अहिले महिला हिंसाबाट ग्रसित भइरहेकै बेला फेरी राजविराजमा महिला कुटिएकी छन् ।
विवाह दर्ता र नागरिकता बनाईदिन आग्रह गर्दा आफनै पति, सासु र ससुराबाट सप्तरीकी प्रेमकला ठाकुर कुटिएकी हुन् ।
उनको अहिले राजविराज नगरपालिका–१५ मुसहरनियाकी १९ वर्षीय प्रेमकलाको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचार भइरहेको छ ।
गत शनिवार राती ससुरा भुनेश्वर, सासु रधियादेबी र पति मनोजको कुटाईबाट प्रेमकलाको छाती, ढाड, खुटा, कम्मर, पेटलगायतका शरीरका विभिन्न स्थानमा चोट लागेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । शरीरभरी नै निलडाम छ । कुटाईको दुखाइ सहन नसकेपछि उनी छिनछिनमा बेहोस हुने गरेकी छन् ।
रुपनी गाउपालिका–१ रायपुर माईती भएकी प्रेमकलाको ०७४ साल वैशाखमा मनोजसित बिबाह भएको थियो । चारलाख दाइजोसहित उनको बिबाहमा १२ लाख रुपैयाँ खर्च भएको प्रेमकलाका पिता मोहन ठाकुरले बताए ।
पिता मोहन ठाकुरका अनुसार बिह दर्ता र नेपाली नागरिकताको प्रमाणपत्र बनाईदिन आग्रह गर्दा प्रेमकलाका सासु, ससुरा र पतिले मानेका छैनन् ।
प्रेमकलालाई कुटपीट गर्ने उनका पति मनोज, ससुरा भुबनेश्वर र सासु रधियादेबीलगायतविरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएको पिता मोहनले बताए ।
नागरिकता बनाईदिन र बिबाह दर्ता गरिदिन आग्रह गर्दा आफनै पति, सासु र ससुराबाट प्रेमकला ठाकुर कुटिएको उजुरी आएपछि संलग्नको खोजीका लागि प्रहरी परिचालित गरिएको जिल्ला प्रहरी कार्यालयको महिला तथा वालवालिका सेवा केन्द्रका प्रहरी सहायक निरीक्षक मिनबहादुर क्षेत्रीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया