चितवन एडिस काण्ड : घाइते बसन्ती परियारको उपचार खर्च भरतपुर अस्पतालले व्यहोर्ने

चितवन । कावासोती नगरपालिका वडा नम्बर ९ डण्डा बजारकी २७ वर्षीया बसन्ती परियारको उपचार निःशुल्क हुने भएको छ । 

असोज ८ गते एसिड र चक्कु प्रहारबाट गम्भीर घाइते भएकी नवलपरासीकी बसन्ती परियारको उपचार चितवनको भरतपुर अस्पतालले निःशुल्क गरिदिने घोषणा गरेको हो ।

यही असोज ८ गते साँझ परियारलाई  छिमेकी विमल शिर्पालीले एसिड र चक्कु प्रहार गरि गरेका थिए । आक्रमणबाट गम्भीर घाइते भएकी उनको उपचार चितवनको भरतपुर अस्पतालमा भइरहेको छ ।

भरतपुर अस्पतालको आइसीयुमा उपचारमा गराइरहेकी बसन्तीको उपचारमा अहिलेसम्म एक लाख ३० हजार रुपैयाँ खर्च भइसकेको र सो रकम अस्पतालको सामाजिक सेवा इकाई मार्फत खर्च गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. कृष्ण पौडेलले जानकारी दिए ।

यसअघि भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बसन्तीको उपचारमा कुनै पनि प्रकारको कमी हुन नदिन अस्पताललाई आग्रह गरेकी थिइन् । 

त्यस्तै शनिवार अस्पताल पुगेकी मेयर दाहालले घाइते बसन्तीलाई भेटेकी थिइन् । भेटपछि मेयर दाहालले भनिन्, ‘बसन्तीको उपचारमा लागेको सबै रकम अस्पताल र महानगरपालिका मिलेर व्यहोर्छौं ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?