प्रधानमन्त्री ओली रात्रिभोजमा सहभागी

सान होजे । प्रधानमन्त्री केपी शर्मा ओली आज कोस्टारिकाका लागि नेपाली महावाणिज्यदूत आना भिक्टोरिया बादिला भीले आयोजना गरेको रात्रिभोजमा संलग्न भएका छन् । उनको सम्मानमा आयोजित रात्रिभोजमा अन्य नेपाली प्रतिनिधिमण्डलको पनि सहभागिता थियोे ।

त्यसअवसरमा महावाणिज्यदूत भिक्टोरिया बादिला भीले प्रधानमन्त्रीको स्वागत गरेका थिए भने प्रधानमन्त्री ओलीका तर्फबाट अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीले धन्यवाद व्यक्त गरेका थिए । 

प्रधानमन्त्री ओलीको साथमा उनकी धर्मपत्नी राधिका शाक्य पनि सहभागी भएकी छिन् । उक्त प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?