घोराही । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले कम्युनिष्ट सरकारले कुनैपनि काम गर्न नसकेको आरोप लगाएका छन् ।
आइतबार पे्रस युनियन दाङले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपसभापति निधिले विकास निर्माणदेखि प्रदेशको कानून निमार्णसम्मको कुनै पनि काम सरकारले गर्न सकेको छैन आरोप लगाएका हुन् ।
उनले भने, अहिले पार्टी नेतृत्व विधान संशोधनमा जुटेको समेत बताएका छन् ।
उपसभापति निधिले पार्टी अहिले सातवटै प्रदेशका १२ स्थानमा विधान संशोधनको लागि सुझाव सङ्कलनमा जुटेको बताए । सङ्घीय संरचनाअनुसार पार्टीको गतिविधि सञ्चालन गर्नुपर्ने हुँदा अहिले पार्टीको सबै शक्ति त्यततर्फ लागेको उनको भनाइ थियो ।
काङ्गे्रस ऐतिहासिक पार्टी भएको हुँदा लोकतान्त्रिक गणतन्त्र र सङ्घीय संरचनाअनुसार पार्टीलाई ढाल्नुपर्ने हुदाँ आफूले सो कामलाई जोडदार रुपमा अगाडि बढाएको दाबी गरे । उनले विधान अनुसार नै पार्टीले आगामी महाधिवेशन गरी पार्टीको गतिविधि अगाडि बढाउने जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया