जनकपुरकी उपमेयर रिताकुमारी मिश्र नै ‘महिला हिंसा’को सिकार

धनुषा । जनकपुरधाम उपमहानगरपालिकाकी उप मेयर महिला हिंसाकी सिकार भएकी छिन् । 

उपमेयर रिताकुमारी मिश्र आफूले लगाएको लुगा कै कारण आफूमाथि महिला हिंसा भएको बताएकी हुन् । उनी स्थानीय तहमा उपप्रमुख न्यायिक समितिका प्रमुख पनि हुन् । 

हिंसा र अन्यायमा परेका महिला तथा बालबालिकालाई न्याय दिने स्थानमा रहेकी उप–मेयर मिश्र नै यसरी महिला हिंसामा पर्नु कतिको उपयुक्त होला ?

नेता, कार्यालयकै कर्मचारीबाटै आफूले हिंसा खेप्नु परेको उनले बताइन् । 

आइतबार जनकपुरमा आयोजित महिला हिंसा न्यूनिकरणमा सञ्चारकर्मीको भुमिका विषयक अन्तरसंवाद कार्यक्रमा उप–मेयर मिश्रले आफ्नै दलका नेताबाट हिंसामा परेको बताइन् ।

जनप्रतिनिधिमा निर्वाचित भएपछि महिला भएकै कारण कर्मचारीले गर्ने व्यवहारले दिक्कदार भएको बताइन् । जितीया पर्वको अवसरमा आफैंले आयोजना गरेको कार्यक्रममा साडी लगाएर शनिबार सहभागी हुँदा वक्ताले उनको पहिरन बारे टिप्पणी गरेका थिए ।

साडी लगाएर सार्वजनिक कार्यक्रममा सहभागी हुँदा वक्ताले आफूले लगाएको लुगालाई लिएर आफ्नो रहन सहनमाथि प्रश्न उठाएर अपमान गरेको बताउँदै उपमेयर मिश्रले भने, ‘मेरो पहिरनमाथि ध्यान दिनेको नियात के हो? सुतीको साडी लगाएर मैले के अपराध गरे ? साडीमा नजर गाड्नेले अरु के–के मा ध्यान दिन्छन् ?’

‘हिंसामा परेकाहरुलाई न्याय दिने उप–मेयरमाथि हिंसा हुन्छ भन् अन्यको अवस्था कस्तो होला?’ उनले भनीन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?