निर्मला हत्याको ६७ दिन : ‘अनुसन्धानका नाममा सरकारले आँखामा छारो हाल्ने काम ग-यो’

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बाबु यञराज पन्तले घटनाको अनुसन्धानका नाममा सरकारले आँखामा छारो हाल्ने काम गरेको बताएका छन् । 

निर्मला पन्तको ‘भेजिनल स्वाव’ र तत्कालिन कञ्चनपुरका एसपी डिल्लीराज विष्टसहित अन्य दुईजनाको डिएनए रिपोर्ट ‘नेगेटिभ’ भएपछि बाबु पन्तले घटनाको अनुसन्धानका नाममा सरकारले आँखामा छारो हालेको आरोप लगाएका हुन् । 

‘घटनाको अनुसन्धानका नाममा सरकारले जेजति गरेको देखाएपनि त्यो सवै आँखामा छारो हाल्न मात्र गरेको’ यज्ञराजले भने । 

‘हामीले घटनाको शुरुवात कहाँबाट भएको र अनुसन्धानमा को–को मानिस जोडिएका छन् भनेर पहिलेदेखि नै सोध्दै आएका छौँ । तर, हामीलाई आशंका लागेका व्यक्तिहरुमाथि गहिरो अनुसन्धान नै गरिएन, प्रमाणहरु नष्ट गरिएको छ ।’ उनले बम दिदीबहिनीप्रति संकेत गर्दै भने, ‘ निर्मलाका लुगा अझै भेटिएका छैनन्, पोष्टमार्टम गर्ने डाक्टरहरुलाई नै खेदिएको छ । यस्तो सरकारले कसरी घटनाको सत्यतथ्य सार्वजनिक गर्छ र हामीले न्याय पाउछौ ?’ 

अनुसन्धानमा खटिएमा प्रहरीहरुले अझै बम दिदीबहिनीको घरमा खोजतलास नगरेको उनले बताए ।

अनुसन्धानका नाममा बोलाएर बम दिदीबहिनीलाई प्रहरीले त्यसै छाडिएको यज्ञराजको गुनासो छ । 

उनले थपे, ‘यो सरकारले हामीलाई न्याय देला भन्ने विश्वास नै थिएन, त्यहि भएर विशेष परीक्षणका लागि उनीहरुको डिएनए विदेशमा लगेर टेष्ट गर्नु मैले काठमाडौमा मन्त्रीलाई नै भनेको हुँ । तर, मेरो कुरा सुनिएन । आखिर मैले जे सोचेको थियो रिपोर्ट त्यहि आयो’ डिएनए रिपोर्ट ‘नेगेटिभ’ आयो’ उनले भने । ‘अब त सरकारले न्याय देला भन्ने लाग्नै छोड्यो ।’

निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि हत्या गरिएको थियो । उनी साथी रोसनी बमको घरमा गएको बेला बलात्कारपछि हत्या भएको थियो । साउन ११ गते उनको शव उखुबारीमा भेटिएको थियो ।

सम्बन्धीत समाचार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?