काठमाडाैं : वि.सं. २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर भयानक धक्का दिएको भूकम्पका कारण भत्किएका ५ लाख ५५ हजार ६ सय १२ निजी घरमध्ये हालसम्म २ लाख ९६ हजार ५ सय १४ घर पुनर्निर्माण भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ ।
भूकम्पका कारण अति प्रभावित जिल्लाहरूमा निर्माण सम्पन्न भएका घरहरूको तथ्यांक सार्वजनिक गर्दै प्राधिकरणले अन्य जिल्लाका समेत गरि साढे ३ लाख घर पुनर्निमार्ण भएको अांकलन गरेको छ ।
भूकम्पबाट प्रभावितमध्ये ७ लाख २३ हजार ७ सय २८ लाभग्राहीसँग अनुदान सम्झाैता सम्पन्न भएको र त्यसमध्ये ७ लाख १७ हजार ९ सय ६४ लाभग्राहीलार्इ अावास पुनर्निर्माणका लागि पहिलो किस्ताको रकम उपलब्ध गरार्इएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार हालसम्म ५ लाख ३ हजार ३६ जनाले दोस्रो किस्ता र २ लाख ६६ हजार ९ सय ५ लाभग्राहीले तेस्रो किस्ता बुझिसकेका छन् । हालसम्म निजी अावास निर्माणका लागि १ खर्ब ४८ अर्ब रूपैयाँ अनुदान वितरण भर्इसकेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

पुनर्निर्माणका लागि सरकारले चालु अार्थिक बर्षको बजेटमा ८३ अर्ब ४१ करोड ६८ लाख ३ हजार रूपैयाँ विनियोजन गरेको छ । विनियोजितमध्ये हालसम्म करिब १० अर्ब रूपैयाँ अनुदान वितरण भर्इसकेको छ ।
अाफुलार्इ लाभग्राहीको सूचीमा नपारेको जनाउँदै भूकम्पप्रभावित जिल्लाक लाखाैं नागरिकले असन्तुष्टि जनाएपछि प्राधिकरणले पुन: जाँच सर्भे गरि ४२ हजार ४ सय २२ घरधुरीलार्इ लाभग्राही सूचीमा थपेको छ।
| जिल्ला | पुनर्निर्माण भएक अावास संख्या |
|---|---|
| सिन्धुपाल्चोक | ४९,५४० |
| दोलखा | ४४,४६१ |
| गोरखा | ३६४९० |
| धादिङ | ३५६६१ |
| नुवाकोट | २८१५० |
| रामेछाप | २३७३४ |
| काभ्रेपलाञ्चोक | २०७५२ |
| सिन्धुली | ११११० |
| ओखलढुङ्गा | १०७८७ |
| ललितपुर | ३४५५ |
| भक्तपुर | ५५३० |
| काठमाडौं | ७४३८ |
| रसुवा | ८५९१ |
| मकवानपुर | ८३४६ |
| खोटाङ | ११९१ |
| सोलुखुम्बु | ४३० |
| स्याङ्जा | ५२० |
| गुल्मी | ३१५ |
| अर्घाखाँची | १६ |
| लमजुङ | ७ |
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया