काठमाडौं– त्रिभुवन विश्वविद्यालय अन्तर्गतको बीएससी–सीएसआईटी विषयको प्रवेश परीक्षाको प्रश्न पत्र आउट गर्ने दुई विद्यार्थी नेता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा लैनचौरस्थित अमृत साइन्स क्याम्पसका अनेरास्ववियूका नेता कमल जोशी र प्रवीण अधिकारी रहेका छन् ।
ताहाचलस्थित महेन्द्र रत्न क्याम्पसबाट उनीहरु पक्राउ परेको आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । उनीहरुले विद्यार्थीबाट लाखौं रकम असुलेर प्रश्न पत्र आउट गरेका थिए । घटनापछि केही विद्यार्थी नेता फरार छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया