काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित अस्ट्रेलियन दूतावास नजिकै रहेको एक गोदाममा आगलागी भएको छ । आगलागीबाट भौतिक क्षति भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका अनुसार अहिले दुईवटा दमकलले आगो निभाइरहेका छन् । आगो ठूलो लागेको र अन्य घर पनि भेट्याउन सक्ने भएकाले थप दमकलको प्रयोगले आगो नियन्त्रणमा लिने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

‘आगोले छेउका अन्य घर पनि छुने सम्भावना छ, हामी आगो नियन्त्रण गर्ने प्रयासमा छौँ ।’, एक प्रहरी अधिकृतले लोकपथलाई भने ।
के कति कारणले आगलागी भयो भन्ने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया