काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली नेता अर्जुन नरसिंह केसीले सुशासन कायम गर्न भन्दापनि सरकार हावादारी कुरा गर्न तल्लीन रहेको आरोप लगाएका छन् ।
स्ववियू धवलागिरी बहुमुखी क्याम्पसले आयोजना गरेको ‘वर्तमान सन्दर्भमा प्रतिपक्षको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बलत्कार, हत्या, हिंसा, कर आतंक खुलेयाम भ्रस्टचार भइरहँदा प्रतिपक्षी टुलुटुलु हेरेर नबस्ने बताए ।
केसीले लोकतन्त्रको सौन्दर्य भनेकै वाद प्रतिवाद र संवाद संगसंगै हो भन्दै सरकार र प्रतिपक्ष जस्ता यसका सबल पक्षहरूलाई स्वीकार्नुपर्नेमा जोड दिए ।
उनले काँग्रेसले लोकतन्त्रको मुल्मान्यता अनुसार प्रतिबाद गर्दै समयानुकुल प्रतिपक्षिय भुमिका निर्बाह गर्नेकुरा पनि सो क्रममा बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया