अन्तर्राष्ट्रिय स्वच्छता सम्मेलनमा सहभागी हुन खानेपानी मन्त्री दिल्ली प्रस्थान

काठमाडौं । खानेपानी मन्त्री बिना मगर महात्मा गान्धी अन्तर्राष्ट्रिय स्वच्छता सम्मेलनमा भाग लिन आज भारतको नयाँ दिल्ली प्रस्थान गरेकी छन् । 

शनिबारदेखि भारतको राजधानी नयाँ दिल्लीमा शुरु हुने चार दिने महात्मा गान्धी अन्तर्राष्ट्रिय स्वच्छता सम्मेलनमा भाग लिन खानेपानी मन्त्री भारत प्रस्थान गरेकी हुन् । खानेपानी मन्त्रीसहित खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक सुनिलकुमार दासले समेत सहभागिता जनाउने छन् ।

भारत सरकारले महात्मा गान्धीको १५०औँ जन्म जयन्तीको अवसरमा आयोजना गरेको चार दिने महात्मा गान्धी अन्तर्राष्ट्रिय स्वच्छता सम्मेलनमा ८० देशका खानेपानी तथा सरसफाई मन्त्रीहरुको सहभागीता हुने छ । 

सम्मेलनमासम्मेलनमा नेपालको तर्फबाट सरसफाईको क्षेत्रमा भईरहेको प्रगतिको बारेमा प्रस्तुति दिने कार्यक्रम रहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?