नेपालगञ्ज । चितुवाको छाला र दाह्रासहित नेपालगञ्जबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वैजनाथ गाउँपालिका–१ गाभरबाट बर्दिया बाँसगढी नगरपालिका–१ का २६ वर्षीय चन्दन नेपाली र २४ वर्षीय कृष्ण वादी छन् ।
प्रदेश नं ५ प्रहरी अनुसन्धान ब्यूरोको टोलीले पक्राउ परेका नेपालीसँग रहेको झोलाबाट चितुवाको १०४ इञ्च लामो छाला, ६ वटा दाह्रा तथा वादीको झोलाबाट ९० इञ्च लामो छाला बरामद गरिएको प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले जानकारी दिए ।
चितुवा गोली प्रहार गरी मारिएको हुनसक्ने पौडेल बताए ।
दुवै छालामा गोली लागेको प्वाल रहेको छ । नेपाली र वादीलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय नेपालगञ्जको जिम्मा लगाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया