महोत्तरी–भंगहा नगरपालिकाका मेयर सञ्जीव साहले हिसाबकिताब नदिएको भन्दै आफ्नै कार्यालयका लेखा अधिकृत पवनकुमार अधिकारीलाई बुधबार कुटपिट गरेका छन् । कर्मचारी संगठनहरूले मेयरलाई कारबाही गर्न बिहीबार ज्ञापनपत्र बुझाएका छन् ।
मेयर साहले गत आर्थिक वर्षको भुक्तानी माग गरेपछि आफूले नियमविपरीत हुने जानकारी गराउँदा कुटपिट गरिएको दाबी लेखा अधिकृत अधिकारीले गरे ।
‘आर्थिक कारोबारजस्तो संवेदनशील विषयमा मेयरले नियमविपरीत गत आर्थिक वर्षको भुक्तानी माग गरेपछि मैले नमिल्ने जानकारी गराउँदा कुटपिट भयो,’ उनले भने । मेयरले आफूलाई ज्यान मार्नेसम्मको धम्की दिएको उनको दाबी छ । नयाँ पत्रिका दैनिका खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया