काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी बिहीबारदेखि कार्यवाहक अध्यक्षविहीन भएको छ । अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल कार्यवाहक अध्यक्ष नतोकी विदेश भ्रमणमा निस्किएका हुन् ।
ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकामा छन् भने दाहाल पत्नी सीताको उपचारका लागि सिंगापुर गएका छन् ।
दुवै अध्यक्ष देशबाहिर हुँदासमेत पार्टीमा कार्यवाहक अध्यक्ष कसैलाई तोकिएन । यसअघि दुवै अध्यक्ष देशबाहिर हुँदा पार्टीमा तेस्रो वरीयताक्रममा रहेका वरिष्ठ नेता माधवकुमार नेपाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको थियो ।
नेकपा स्थायी कमिटीका सदस्य एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले दुवै अध्यक्ष विदेश गएपछि पार्टीको काम सचिवालयले हेर्ने बताए ।
यता स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले भने कार्यवाहक अध्यक्ष वरिष्ठ नेता नेपाल भएको बताए । दुवै अध्यक्ष एकैचोटी विदेशमा रहेको अवस्थामा वरीयताक्रममा नेता नेपाल नै कार्यवाहक अध्यक्ष हुुन् । राजधानी दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया