फोहोरमा मोहोर फलाउने नयाँ प्रबिधि : सिएनबिएम (CNBM)

रिक्सी जापानिज कम्पोष्ट टेक्नोलोजी र ठीमी नगरपालीकाको संयुक्त आयोजनामा भक्तपुरको ठीमी नगरपालिका वडा नं. ४ मा कम्पोष्ट मल कारखानाको उद्घाटन गरिएको छ । 

आफ्नै घरको फोहोरलाई उठाएर (CNBM ) टेक्नोलोजीको माध्यमद्धारा कम्पोष्ट मल तयार गर्न सफल (Carbon,Nitrogens,Bacteria,Menerals ) को मिश्रणबाट निर्मित यो अर्गानिक मलको महत्व अविकसित देशमा धेरै  छ ।

हासिमोतो रिकेकीको भरपर्दो र विश्वासिलो यो प्रविधि अहिले जापानको कृषि क्षेत्र र अन्य धेरै देशमा लागु भइरहेको छ । आफ्नै घरको फोहोरलाई उठाएर (CNBM ) टेक्नोलोजीको माध्यमद्धारा कम्पोष्ट मल तयार गर्न सफल (Carbon,Nitrogens,Bacteria,Menerals ) को मिश्रणबाट निर्मित यो अर्गानिक मलको महत्व अविकसित देशमा धेरै  छ । उपत्यकामा  फोहोर फाल्न र व्यवस्थित गर्न कठिन भइरहेको बेलामा यस्तो प्रविधिले शहरलाई सफा राख्न र कम्पोष्ट मल उत्पादन गरी कृषिको उत्पादन वृद्धि गर्न ठूलो टेवा पुग्ने विशवास लिइएको छ । 

प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले उद्घाटन कार्यक्रममको उद्घाटन गर्दै यो प्रविधी महत्वपूर्ण रहेको बताए । कार्यक्रममा जापानिज टेक्निसियन म्याथका शिक्षक खामोसिदा जुनले यो प्रविधीमाथि प्रकाश पारेका थिए भने रिकिसी संस्थाका प्रबन्ध निर्देशक उषाले नेपाल र जापान बीचको समन्वय गरेर यो प्रवृति उपयोगी हुने ठानेर भित्र्याएको कुरा व्यक्त गरिन् ।

कार्यक्रममा ठीमी नगरपालिका मेयर मदन सुन्दर क्षेष्ठले आफैँ जापान गएर यो प्रबिधिलाई हेरेपछि विश्वास लागेर मात्र भित्र्याएकाले यसमा सबै नगरवासी ढुक्क हुन र संस्थालाई सहयोग गर्न नगरबासीलाई अपिल गरे । सांसद डा. राजेन्द्रमान क्षेष्ठ र प्रमुख अतिथि सानुकुमार क्षेष्ठले नगरपालिका हुदै सिङ्गो प्रदेशको नगर र गाविस तथा सबै वडामा पहुँच विस्तार गनुपर्ने कुरामा जोड दिए । 

कार्यक्रममा प्रा.डा.रामप्रसाद दाहालले नेपालमा हिमाल, पशुपति र लुम्बीनी हेर्न आउने पर्यटकलाई अब सफा सुन्दर शहरले लालायित गराउन र अर्गानिक उत्पादनका खानपिन भएको कलात्मक शहर ठीमीलाई जोड्न सक्ने आरम्भको बिन्दु कम्पोष्ट मल कारखाना भएको विचार राखे ।

जापानिज टिममा बिगतदेखि  तांवता, सिउरी, गोरो, किमिरो, लागायतका टेक्नोसियनहरु कार्यरत छन् भने हाल २ हजार घरधुरीको फोहोरलाई व्यबस्थापन गरिरहेको छन् ।

फोहोरमा मोहोर फलाउन सक्ने प्रबिधि भित्रिएको र यसलाई ठिमीले कार्यान्वयनमा ल्याएकोले नगरबासीलाई उनले बधाई दिए ।

उपभोक्ता समितीका अध्यक्षको सभापतित्वमा भएको कार्यक्रम उपभोक्ता समितिका सचिव रिना श्रेष्ठले गरेकी थिईन् । जापानिज टिममा बिगतदेखि  तांवता, सिउरी, गोरो, किमिरो, लागायतका टेक्नोसियनहरु कार्यरत छन् भने हाल २ हजार घरधुरीको फोहोरलाई व्यबस्थापन गरिरहेको छन् ।

आयोजकका अनुसार अब केहि दिनमै ५ हजार घरधुरीलाई पनि समावेश गर्ने लक्ष्य लिइएको छ ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?