पोखरा।पोखरामा १० वर्षीया एक बालिकाको बलात्कारपछि नृशंस हत्या भएको छ । कञ्चनपुरकी निर्मला पन्तको हत्याकाण्डको अनुसन्धानबारे अनुसन्धान जारी रहेका बेला पर्यटकीय नगरी पोखरामा समेत यस्तै प्रकृतिको घटना भएको हो । पोखराकै लामाचौरमा तीन साताअघि भएको पुष्पा केसी हत्याकाण्ड भने अझै अनुसन्धान घेरामा छ ।
पोखरा महानगरपालिका–२२, पुम्दीभुम्दी कोदी निवासी १० वर्षीया श्रेया सुनारको सोमबार बेलुका बलात्कारपछि हत्या भएको हो । हत्याकाण्डमा संलग्न आफ्नै छिमेकी २७ वर्षीय कुसुम पौडेललाई घटनाको १६ घण्टाभित्रै कास्की प्रहरीले पक्राउ गर्न सफल भएको छ । निजलाई जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिकसमेत गरेको छ ।
अभियुक्त पौडेलले बलात्कारपछि आफैंले ढुंगाले टाउकोमा हानेर हत्या गरेको अनुसन्धानका क्रममा स्विकारेको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले पत्रकार सम्मेलनमा जानकारी दिए । राजधानी दैनिकमा खबर छापिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया