गृहमन्त्रीले राजीनामा दिएर नैतिक उदार देखाउनुपर्छ: पुष्पा भुसाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतमले गृहमन्त्री रामबहादुर थापा बादलले राजीनामा दिएर नैतिक उदारता देखाउनुपर्ने बताएकी छिन् ।

बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकार महिला हिंसाका घटनालाई कम गर्न नसकेको बरु झन् बढेको आरोप लगाउँदै उनले गहृमन्त्रीको राजनीमा माग गरेकी हुन् ।

‘गरीबले दशैँ मनाउन नपाउने गरी सरकारले मूल्यवृद्धि गरेको छ, पेट्रोलमा मूल्य बढाएको छ, कर बढाएको छ, जसलाई हामीले स्वीकार गर्न सक्दैनौँ ।’, उनले भनिन्, ‘सरकारले महिला हिंसा विरुद्धका घटनालाई गम्भीरतापूर्वक लिएन, सरकारले यस्ता घटना रोक्न नसक्ने उल्टो विषयवस्तुलाई राजनीतिकरण गर्दा दुःख लागेको छ ।’

साथै उनले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनाको विषयमा गरिएको छानबिन समितिको प्रतिवेदन पेश नगरिएको पनि बताइन् ।

‘सरकारले जनताका पक्षमा केही गर्न सकेन, गृहमन्त्रीले राजनीमा दिएर नैतिक उदार देखाउन म अनुरोध गर्दछु ।’, उनले भनिन् ।

महिला हिंसाका घटनालाई न्यूनीकरण गर्न आफूहरु सधै तयार भएको पनि उनले बताइन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?