न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच दुई मिनेट कुराकानी भएको छ ।
७३औँ महासभामा भाग लिन न्यूयोर्क पुगेका प्रधानमन्त्री ओलीले र अमेरिकी ट्रम्पबीच सोमबार साँझ आयोजना गरिएको स्वागत कार्यक्रममा उभिएरै दुई मिनेट छलफल भएको हो ।
स्वागत समारोहमा सहभागी हुने सबैसँग अमेरिकी राष्ट्रपतिले संक्षिप्त कुराकानी गर्दै फोटो खिच्ने प्रचलन छ । स्वागत समारोह करिब पाँच घण्टा चलेको थियो ।
७३औँ महासभामा भाग लिन न्यूयोर्क आइपुगेका विभिन्न मुलुकका राष्ट्र प्रमुख, सरकार प्रमुख तथा सरकारका प्रतिनिधिको सम्मानमा गरिएको समारोहका प्रधानमन्त्री ओली र पत्नी राधिकाले सहभागिता जनाएका थिए ।
ओलीले परिचयसँगै भएको कुराकानी करिब दुई मिनेट मात्र रहेको जानकारी दिएका हुन् । उनले ट्रम्पले गरेको शान्तिको पहलको प्रशंसासमेत गर्न भ्याएका थिए ।
साथै छोटो समयको फाइदा उठाउँदै प्रधानमन्त्री ओलीले नेपालको दिगो शान्ति, विकास र दुईपक्षीय उच्चस्तरको भ्रमणबारे आफ्नो धारणा समेत राखेको सचिवालयले जानकारी दिएको छ ।
नेपाली प्रतिनिधि मण्डलका २० जना उच्चस्तरीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली गत शनिबार अमेरिकी भ्रमणमा गएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया