प्रतिनिधिसभा बैठक आज बस्दै, रातो पासपोर्ट प्रयोग गर्ने विषयमा सहमति हुने

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ । 

प्रतिनिधिसभा बैठक बुधवार दिउँसो २ बजे बस्न लागेको हो ।  

बैठकमा राहानी विद्येयकमाथि छलफल र पारितको प्रक्रिया अघि बढ्ने संघिय संसद सचिवालयले जानकारी दिएको हो । 

सो विद्येयक, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले मंगलवार प्रतिवेदनसहित प्रतिनिधिसभामा पेश गरेको थियो भने सरकारी काम बाहेकमा पनि रातो पासपोर्ट प्रयोग गर्ने विषयमा सहमति गर्दै समितिले विद्येयक तयार पारेको थियो । 

संसदको आजको बैठकबाट यो विद्येयक पारित भए, सांसदहरुलाई व्यक्तिगत प्रयोजनमा विदेश भ्रमणमा जान पनि कानुनी रुपमै बाटो खुल्ला हुनेछ । 

यस्तै संघिय संसद अन्तर्गतका विभिन्न समितिहरुको छुट्टा–छुट्टै बैठक आज बस्दैछ । 

राज्य व्यवस्था तथा सुसासन समितिले बढ्दो महिला हिंसा, बलात्कार र हत्या तथा शान्ति सुरक्षासँग सम्बन्धित विषयमा गृहमन्त्री रामबहादुर थापासँग आज छलफल गर्दैछ ।

सिंहदरबारमा मध्यान्ह १२ बजे बस्ने बैठकमा शान्ती सुरक्षाका सवालमा सरकारले गरिरहेको तयारी बारेपनि छलफल हुने समिती श्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?