बालिकाको बलात्कारपछि हत्या

 पोखरा–२२ पुम्दीभुम्दीको कोदी गाउँकी श्रीया सुनार सोमबार साँझ साढे ५ बजे मामाघरबाट निस्किएकी थिइन् । बिस्कुट किन्न पसल हिँडेकी १० वर्षीया सुनार मंगलबार बिहान मृत अवस्थामा भेटिइन् ।
 निधारभरि चौटैचोट । घाँटीमा नीलडाम । धारिलो र चुच्चो वस्तुको प्रहारले क्षतिविक्षत शरीर । छेवैमा रगत लतपतिएका तीनवटा ढुंगा ।  अाजकाे कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोस्टमार्टम रिपोर्टले बलात्कारपछि हत्या भएको उल्लेख गरेको छ । मृत्युको कारण टाउकोमा लागेको चोट भएको रिपोर्टमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?