नवलपुर–नवलपुरमा एक महिलामाथि एसिड आक्रमण भएको छ।
कावासोती नगरपालिका ९ डण्डा बजारकी २७ वर्षीया वसन्ती परियारमाथि एसिड र छुरा प्रहार भएको हो। नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ ।
आइतबार साँझ तरकारी किनेर फर्कंदै गर्दा छिमेकी रहेका विमल शिर्पालीले उनलाई एसिड तथा छुरा प्रहार गरेका हुन्।
पक्राउ परेका विमलले आफू लामो समयदेखि वसन्तीको प्रेममा रहेको र विवाह गर्न नमानेकाले आक्रमण गरेको प्रारम्भिक बयान दिएका छन्।
वैदेशिक रोजगारका लागि लामो समय मलेसियामा रहेका उनका श्रीमान् यमनारायण परियार हालै मात्र नेपाल फर्किएका थिए। यमनारायणले विमललाई फाँसीको सजाय हुनुपर्ने माग गरेका छन् । परियार दम्पत्तीका एक छोरा र एक छोरी छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया