काठमाडौं । कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ६२ दिन पुरा भएको छ । तर यतिका दिन सम्म पनि प्रहरीले हत्यारालाई पक्राउ गर्न भने सकेको छैन् ।
निर्मला पन्तको बलात्कारपछि हत्या घटना छानबिनका लागि गृहका सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गएको भदौ ७ गते उच्चस्तरीय समिति गठन गर्ने निर्णय भएको थियो । भदौ २५ मा १५ दिनका लागि समितिको म्याद थपिएको थियो ।
आज निर्मला पन्त हत्याकाण्डको अनुसन्धान गर्न गठित उच्चस्तरीय छानबिन समितिले गृहमन्त्री रामबहादुर थापालाई अध्ययन प्रतिवेदन बुझाउने भएको छ ।
समितिका सदस्य वीरेन्द्र केसीले घटनाको अनुसन्धानमा प्रहरी कमजोरी भएको बताएका छन् ।
केसीले यसअघि समितिको कामप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएर पुनः फर्किएका थिए ।
समितिले घटनाको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको निष्कर्षसमेत निकालेको छ । गत साउन १० गते साथी रोशनी बमको घरमा गएकी निर्मला साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया