जनकपुरधाम । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षदेखि सुरु हुने सोह्रश्राद्ध मंगलबार देखि सुरु भएको छ ।
सोह्र दिनसम्म चल्ने यस श्राद्धलाई पितृ पक्ष पनि भनिन्छ । हिन्दू धर्मावलम्बीले यस अवधिमा आफ्ना दिवङ्गत पुर्खालाई तिथि मिलाएर तर्पण, पिण्डदान र ब्राम्हण भोजन गराउने गर्छन् । यस अवसरमा जनकपुरको गंगासागरमा आफनो पितृको समझनामा तर्पण गर्नेको विहानै देखि घुइचो लागेको थियो । सोह्श्राद्धको पहिलो दिन काक्रो लिएर तर्पण गरेका थिए । दोश्रो दिन देखि कुशले तर्पण गर्ने गरेका छन ।
यस अवसरमा भारत नेपालबाट हजारौको संख्यामा आएको श्रद्धालुहरुले तर्पण गरेका थिए । श्रद्धापुर्वक आफना दिवांगत पितृलाई अन्नजल अर्पण तथा तर्पणादि गरिने कार्यलाई नै श्राद्ध भनिन्छ । चाड पर्वयाज्ञादि तथा ठुला कार्य गर्नुभन्दा पहिले आफना पितृको पुजा गर्ने हिन्दु परमपरा अनुसार बडादशै र तिहार जस्ता महान चाडका अगाडि पर्ने सोह्श्राद्धले सन्ततीलाई आफना पितृप्रतिको दायित्वबोध गराउनका साथै पितृऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउछ भन्ने मान्यता छ ।
यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् । उनका अनुसार एकतिष्ट, पार्वानी, महालयलगायत श्राद्ध प्रचलनमा छ । सोह्रश्राद्धलाई महालय पनि भनिन्छ । श्राद्ध भनेको दिवङ्गत आत्मालाई श्रद्धार्पण गर्ने काम हो । सोह्रश्राद्धको वैदिक संस्कृतिमा विशेष महत्व छ । विश्वमा मानव जातिले कुनै न कुनै रुपमा आफ्ना पूर्वजलाई स्मरण गर्ने गरे पनि त्यसको विधि फरक रहेको छ–उनले भने । जौ, तिल, कुश पानी, तीर्थबाट ल्याइएको जललगायतको प्रयोग यसमा गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया