शिक्षाका दुईसय उपसचिव कामविहीन

काठमाडौँ- शिक्षा सेवाका दुई सयभन्दा बढी उपसचिवलाई झण्डै साढे दुई महिनादेखि कामविहीन बनाइएको छ । ‘हाम्रा’लाई ‘राम्रा’ ठाउँमा पठाउन टुङ्गो नलाग्दा यस्तो समस्या आएको कतिपयको भनाइ छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरिका नगरपालिकाका शिक्षा शाखामा उपसचिवहरूलाई खटाउन बाटो खुला गरिदिए पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कुन उपसचिवलाई कहाँ पठाउने भन्ने निर्णय गर्न सकेको छैन ।
शिक्षा मन्त्रालयले दुई साताअघि नै नगरपालिकाहरूमा पठाउने उपसचिवहरूको नामावली तयार गरेको थियो, तर राजनीतिक दवाव परेपछि त्यसलाई थन्क्याइएको छ । गाेरखात्पत्र दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?