दशैँका लागि अग्रिम टिकट बुकिङ मंगलवारबाट खुल्दै

काठमाडौं । यस वर्षको दशैँका लागि अग्रिम टिकट बुकिङ मंगलवारबाट खुल्ने भएको छ । 

नेपाल यातायात व्यवसायी महासंघको बैठकले मंगलवार बिहान ९ गतेबाटै अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो ।

यसअघि असोज ५ गते र त्यसपछि असोज ७ गतेबाट खुल्ने भनिएको अग्रिम टिकट बुकिङ असोज ९ गतेबाट खुल्ने भएको हो । 

सरकारले पेट्रेलियम पदार्थमा मूल्यवृद्धि गरेपछि यातायात व्यवसायी महासंघले अग्रिम टिकट बुकिङ गर्न रोकेको थियो । 

सरकारले १० प्रतिशत गाडीभाडा बढाएपछि महासंघको बैठक बसेर टिकट बुकिङ मंगलरबाट खुल्ला गर्ने निर्णय गरेको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?