काठमाडौं । युवराज घिमिरेले आफूले पाएको १ लाख ५ हजार राशिको गोपालदास पत्रकारिता पुरस्कारमा देशसञ्चारका तर्फबाट थप ५० प्रतिशत रकम (५२ हजार ५ सय रुपैयाँ) गरी जम्मा १ लाख ५७ हजार ५ सय रुपैयाँ मानवसेवा आश्रमलाई सोमबार प्रदान गरिएको छ।
उनलाई शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सम्मानबाट सम्मानित गरेका थिए ।
यस क्रममा उनले मानवसेवा आश्रमको सामाखुसीस्थित कार्यालयको आगन्तुक पुस्तिकामा लेखेको सन्देश र तस्बिर पठाएका छौँ ।
देशसञ्चार अनलाइनका सम्पादक युवराज घिमिरेले मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीलाई सोमबार संस्थाकै कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रममा १ लाख ५७ हजार ५ सय रुपैयाँ राशिको चेक प्रदान गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया