सार्वजनिक सवारीको नयाँ भाडादर सार्वजनिक, कुन रुटमा कति? (सूचीसहित)

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेपछि यातायात व्यवसायीले दशैंको मुखमा आएर १० प्रतिशत भाडा बढाएका छन् । यसैअनुरुप सरकारले सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको छ ।

दशैंमा अग्रिम बुकिङ नगरेपछि सरकार र यातायात व्यवसायीबीच १० प्रतिशत भाडा बढाउने सहमति भएको थियो । शनिवार भएको उक्त सहमतिपछि आज नयाँ भाडादर सार्वजनिक गरिएको हो ।

नयाँ भाडाअनुसार काठमाडौं उपत्यका र अन्य मुख्य शहरमा सञ्चालन हुने सार्वजनिक सवारीमा न्यूनतम १४ रुपैयाँदेखि १८ रुपैयाँ तोकिएको छ । पहिले न्यूनतम १३ रुपैयाँ भएपनि गाडीवालाहरुले १५ रुपैयाँ लिँदै आएका थिए ।

नयाँ व्यवस्थाअनुसार ५ किलोमिटरसम्म यात्रा गर्दा १६ रुपैयाँ लाग्नेछ भने ६ किलोमिटरसम्म १७ रुपैयाँ, ८ किलोमिटरसम्म १८ रुपैयाँ यात्रुले तिर्नुपर्ने भएको छ ।

यातायात व्यवस्था विभागले जारी गरेको विज्ञप्तिअनुसार डिलक्स सवारीले भने तोकिएको भाडादरभन्दा २० प्रतिशत बढाएर भाडा लिन सक्नेछन् । नयाँ भाडादर आजैका मितिदेखि लागू भएको हो ।

हेर्नुहोस् नयाँ भाडादरः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?