काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले नागरिलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिन माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाएका छन् ।
आइतबार नागरिकको पूर्ण सुरक्षाको माग राख्दै नेपाल महिला संघले काठमाडौं जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
संघकी अध्यक्ष उमा रेग्मीका अनुसार मुलुकमा बढ्दो महिला तथा बालबालिका हिंसा, हत्या, बलात्कारलगायतका जघन्य अपराध नियन्त्रण गर्न माग गर्दै ज्ञापन पत्र बुझाइएको बताइन् ।
त्यस्तै ज्ञापन पत्र बझाउनु अघि संघले माइतीघर मण्डलादेखि बबरमहलस्थित काठमाडौं जिल्ला प्रशासन कार्यालय अगाडि विरोध -याली निकालेका थिए ।
-यालीमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तलगायतको हत्या, हिंसा र बलात्कार नियन्त्रण गर्न नसकेको भन्दै केपी ओली नेतृत्वको सरकारको चर्का नाराबाजी गरेका थिए ।
-यालीमा सहभागी संघका नेता, कार्यकर्ताहरुले ‘केपी ओली सरकारको चमत्कारः महंगी र बलात्कार, ओली सरकारको चमत्कार जताततै बलात्कार, जनताको करबाट सुविधान भोग्न पाइदैन जथाभावी कर लाद्न पाइदैन, बलात्कारीलाई कारबाही गन, निर्मलालाई न्याय दे, शान्ति सुरक्षा कायम गर, कर फिर्ता गर तथा संविधान अक्षरमा कायान्वयन गर’ लेखिएको प्लेकार्ड बोकेर प्रर्दशन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया