सोमबारबाट खुल्दै दशैँको अग्रिम टिकट बुकिङ

काठमाडौं । सोमबारबाट दशैँका लागि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ । 

असोज ५ गतेबाट खुल्ने भनिएको अग्रिम टिकट बुकिङ पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण खुल्न सकेको थिएन । 

सरकारले वृद्धि भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिएसम्म नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैँको अग्रिम टिकट बुकिङ खुल्ला नगर्ने घोषणा गरेका थिए । 

सरकारले सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढाउने निर्णय गरेपछि नेपाल यातायात व्यवसायीले दशैँको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको थियो ।  

शनिबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा यातायात व्यवसायीसँग भएको वार्तामा इन्धनमा भएको मूल्यवृद्धिलाई आधार मानेर १० प्रतिशत भाडा बढाउने सहमति भएको भएको थियो । 

मन्त्रालयमा यातायात व्यवसायी राष्ट्रिय महासंघ, उपभोक्ता प्रतिनिधि, र सुरक्षा निकायका प्रतिनिधिसहितको बैठक बसेको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?