जबरजस्ती करणी गरेको आरोपमा सुनसरीबाट एक पक्राउ

काठमाडौं । जबरजस्ती करणी गरेको आरोपमा सुनसरीबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

सुनसरी धरान उपमहानगरपालिका–११ सगरमाथा टोल बस्ने भोजपुरका ३० वर्षीय दुर्गाबहादुर विकलाई जवरजस्ती करणी गरेको आरोपमा शनिबार प्रहरीले पक्राउ गरेको हो । 

दुर्गाबहादुरले धरान उपमहानगरपालिका–११ बस्ने १२ वर्षीया बालिकालाई जंगलमा लगी जबरजस्ती करणी गरेको प्रहरीले जानकारी दिएको छ ।  

घटनाबारे  थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?