आम निर्वाचनमा उपत्यकामा यस्तो छ अंकगणित

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा काठमाडौं उपत्यकाको अहम भूमिका रहन्छ । प्रतिनिधि सभाको १६५ वटा प्रत्यक्षतर्फको सिटमा उपत्यकाले मात्र १५ सिट ओगटेको छ भने ६६ वटा प्रदेश सभाको सिटमा ३० जनाको भाग्य यही ३ वटा जिल्लाले नै निर्धारण गर्छ ।

प्रतिनिधि सभाको १५ र प्रदेश सभाको ३० निर्वाचन क्षेत्र रहेको उपत्यकामा काठमाडौं जिल्लाले प्रतिनिधि र प्रदेश सभामा क्रमशः १५ र ३० जनालाई निर्वाचित गराउँछ । त्यस्तै ललितपुरले प्रतिनिधि सभामा ३ र प्रदेश सभामा ६ जनालाई चुनेर पठाउँछ भने भक्तपुर जिल्लाले प्रतिनिधि सभाको लागि २ जना र प्रदेश सभाको लागि ४ जनालाई आगामी पाँच वर्षको लागि आफ्नो जनप्रतिनिधिको रुपमा चुन्नेछ ।

२०७४ मा उपत्यकाबाट दलगत रुपमा विजयी भएका प्रतिनिधि सभाका सांसदहरु

नेकपा एमालेबाट ईश्वर पोखरेल, कृष्ण गोपाल श्रेष्ठ, कृष्णबहादुर राई र रामवीर मानन्धर, नेपाली कांग्रेसबाट राजेन्द्र कुमार के.सी, भीमसेनदास प्रधान, प्रकाशमान सिंह, गगनकुमार थापा तथा नेकपा एसबाट जीवन राम श्रेष्ठ र माधवकुमार नेपाललाई २०७४ को आम निर्वाचनमा काठमाडौंबासीले विजयी बनाएका थिए ।

त्यस्तै नेपाल मजदूर किसान पार्टीबाट प्रेम सुवाल र नेकपा एमालेबाट महेश बस्नेत भक्तपुरबाट विजयी भएका थिए भने ललितपुरबाट नेकपा एमालेको प्रतिनिधित्व गर्दै नवराज सिलवाल, नेकपा एसबाट कृष्णलाल महर्जन र नेकपा माओवादी केन्द्रबाट पम्फा भुसाल विजयी भएका थिए ।

अंकगणितीय रुपमा बलियो देखिएको एमाले

काठमाडौंबाट ४, भक्तपुरबाट १ र ललितपुरबाट २ जना एमालेबाट प्रत्यक्ष रुपमा निर्वाचित भएका थिए भने नेपाली कांग्रेसबाट ४ जनाले काठमाडौंबाट मात्र जित नकाल्न सके । भक्तपुर र ललितपुरमा कांग्रेश शून्य रह्यो ।

ललितपुरबाट प्रत्यक्षतर्फ एक सिटमा जित निकाल्दा काठमाडौं र भक्तपुरमा माओवादी निराश बनेको थियो ।

तत्कालिन अवस्थामा एमालेमै रहेको नेकपा एसको अहिलेको बाँडफँट हेर्ने हो भने काठमाडौंबाट २ र ललितपुरबाट १ जना विजयी भएको देखिन्छ ।

विजेताको संख्यालाई हेर्ने हो भने अंकगणितीय रुपमा उपत्यकाको १५ सिटमध्ये ७ मा जित निकाल्दै एमालेले उपत्यकामा हाबी देखिएको थियो ।

धर्मराएको एमालेमा हाबी बन्दै कांग्रेस

२०७४ को आम निर्वाचनको परिणाम हेर्ने हो भने नेकपा एस फुटेर गएपछिको अवस्थामा पनि उपत्यकामा नेकपा एमाले बलियो देखिन्छ । १५ सिटमध्ये ६ मा जित निकालेको एमाले उपत्यकामा तुलनात्मक रुपमा बलियो देखिएको हो । तर, यो अंकगणीतिय रुपमा मात्र हो ।

यसपटक भएको स्थानीय तहको निर्वाचनमा उपत्यकाका अधिकांश पालिकामा नेपाली कांग्रेस हाबी भएको छ । २०७४ को तुलनामा एमालेले उपत्यकामा आफ्नो साख जोगाउन नसकेको पछिल्लो मत परिणामले देखाइ सकेको छ ।

काठमाडौं उपत्यका विशेष गरी एमाले र कांग्रेसको चुनावी रणभूमी मानिन्छ । चाहे त्यो स्थानीय तहको होस् वा प्रतिनिधि सभा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?