काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको अम्बाथान हेलम्बु सुरुङको बाँध निर्माणको लागि ल्याएको ३ सय ४० बोरा सिमेन्ट मिलेमतो गरी निजी पसलमा बिक्री भएको भन्ने घटनाको सम्बन्धमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराएको छ ।
खानेपानी मन्त्रलयका स्वकीय अधिकृत विजयदेव भट्टराईले आज एक विज्ञप्ति जारी गर्दे राष्ट्रिय गौरवको आयोजना निर्माण कार्यमा लापरवाही भएको भन्दै मेलम्ची खानेपानी विकास समिति र सम्बन्धित ठेकेदार कम्पनीलाई थप जिम्मेवार भई काम गर्न सचेत गराएको हो ।
आयोजनाको काम समयमा सक्नुपर्ने जिम्मेवारीलाई आत्मसात गरी निर्माण कार्य अघि बढाउन मन्त्रालय र सम्बन्धित निकाय दिनरात लागि परेको अवस्थामा यस किसिमका घटनाहरु दु:खद भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस घटनामा संलग्न दोषीहरुलाई कानुन बमोजिम कारवाही गर्ने मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया