खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडक स्तरोन्नतीको काममा चरम ढिलासुस्ती गर्ने तीन ठेकेदार कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको छ । सडक स्तरोन्नतिको ठेक्का लिएर काम अलपत्र पार्ने ठेकेदार कम्पनीलाई नगरपालिकाले हप्ता दिनभित्र काम सुचारु गर्न अन्यथा कानुनी कारबाही गर्ने चेतावनी दिएको हो ।
नगरपालिकाले हुर्लुङ–जालपा–ऐसेलुखर्क सडक खण्ड स्तरोन्नतिको काम अलपत्र पार्ने रौताहारसुसमर आदित्य जेभी, दिक्तेलस्थित अस्पतालचोक–लफ्याङ सडक खण्ड स्तरोन्नतीको काम अलपत्र पार्ने ढुकुचुरबगाले थापारविएनटि जेभी र दिक्तेलको हाटडाँडा–लफ्याङ–अल्छेढुंगा–दोर्पा दुम्ली–आयुर्वेद भवन सडक स्तरोन्नतिको काम अलपत्र पार्ने लगलगे कन्ट्रकसन चावहिललाई कारबाही गर्ने चेतावनी दिएको हो ।
मेयर तीर्थराज भट्टराईले तीन निर्माण कम्पनीलाई छुट्टाछुट्टै पत्राचार गर्दै अवरुद्ध काम हप्ता दिनभित्र सुचारु गरी यथाशीघ्र काम सम्पन्न गर्न अन्यथा सार्वजनिक खरिद अनुगमन कार्यालय लगायतका निकाय समक्ष कानून बमोजिमको कारबाहीका लागि सिफारिस गर्ने चेतावनी दिएका छन् ।
तीनवटै सडक सघन शहरी तथा भवन निर्माण आयोजना, ओखलढुंगाबाट बोलपत्र आव्हान भइ ठेक्का लागेको हो । तर, सडक स्तरोन्नतीको काम अलपत्र हुँदा यातायात सेवा अवरुद्ध भएको, हिलाम्मे हुँदा हिँडडुल गर्न समेत समस्या भएको र अलपत्र बाटोमा दुर्घटनाको जोखिम बढेको छ । वर्षा सुरु भएसँगै तीनवटै सडक ठप्प प्रायः छ ।
ठेक्का लागेको सडक स्तरोन्नतीको काममा ढिलासुस्ती हुँदा स्थानीयबासीबाट व्यापक जनगुनासो आएकाले ठेकेदारविरुद्ध ‘एक्सन’ मा उत्रिनु परेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले पूर्वाधार विकास कार्यालय, गाईघाट, उदयपुरलाई पत्रको बोधार्थ पठाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया