काठमाडौं । यस वर्ष बिजयादशमीको टीका लगाउने साइत विहान १०ः५१ मिनेटको उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
कात्तिक २ गते शुक्रवार देवी विसर्जनको साइत बिहान ९ः३९ मिनेटमा रहेको छ भने टीका र प्रसाद ग्रहणका लागि बिहान ९ः५१ मिनेटको साइत उत्तम रहेको समितिका सभापति प्राध्यापक डा रामचन्द्र गौतमले बताए ।
यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ः१५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत रहेको समितिका अध्यक्ष गौतमले जानकारी दिए ।
असोज २५ गते बिहीबार बिहान १०ः२४ मिनेटमा झण्डा फेर्न शुभ हुने समितिका अध्यक्ष डा गौतमले जानकारी दिए । झण्डा फेर्दा पश्चिम फर्केर फेर्नुपर्ने उनले बताए ।
असोज २८ गते आइतबार पचली भैरव यात्रा परेको छ । यसैगरी असोज ३० गते मङ्गलबार फूलपाती भित्र्याइने छ । त्यसैदिन बिहान ९ः२१ मिनेटमा तुलजा भवानीको यात्रा गराइन्छ । १०ः २ मिनेटमा भवानीलाई स्थिर आसनमा राखिन्छ ।
असोज ३१ गते बुधबार महाअष्टमी, कात्तिक १ गते बिहीबार महानवमी, कात्तिक २ गते शुक्रबार विजयादशमी अर्थात दशैँको टीका परेको छ ।
विजयादशमीकै दिन बिहान ८ः३५ मा तुलजा भवानीको यात्रा गराइन्छ । भवानीलाई बिहान ९ः ४४ मिनेटमा स्थिर आसनमा राखिन्छ । कात्तिक ६ गते मङ्गलबार सबै बलि पूर्ति गरी जमरा सेलाइन्छ ।
कात्तिक ७ गते बुधबार कोजाग्रत पूर्णिमा व्रत मनाएपछि नेपालीको महान् चाड बडादशैँ समापन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया