काठमाडौं । महाभुकम्पको बेला सिन्धुपाल्चोक कारागारबाट भागेका अपहरण मुद्दाका फरार अपराधि राजु उर्फ भरत नामले परिचित माइला लामा काठमाडौंको माकलवारीबाट पक्राउ परेका छन् ।
उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले पक्राउ गरेको हो । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भुकम्प गएको बेला सिन्धुपाल्चोक कारागार भत्किदा लामा भागेका थिए ।
जग्गा व्यवसायी शिवबहादुर खड्काको अपहरण मुद्दामा १० वर्ष कैद र ५० हजार जरिवाना सजाय सुनाइएका लामालाई थप कारवाहीका लागि जगनाथदेवलस्थित केन्द्रीय कारागारमा पठाइएको छ ।
लामा विरुद्ध परेको शरीर बन्धक तथा अपहरण मुद्दामा तत्कालिन पुनरावेदन अदालत पाटनले २०७० सालमा यस्तो फैसला सुनाएको थियो । सिन्धुपाल्चोक ठूलो धादिङ निवासी लामाले जग्गा बिक्री गरि दिएवापतको कमिसन नदिएको भन्दै २०६७ सालमा खड्काको अपहरण गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया