निर्मला बलात्कारपछि हत्या प्रकरण : उपलब्धि शून्य ५८ दिन !

काठमाडौँ – कञ्चनपुर भिमदत्त नगरपालिकाकी १३ वर्षिय बालिका निर्मला पन्तको हत्या भएको ५८ दिन पूरा  भएको छ । तर ५८ दिनसम्म बलात्कार र हत्यामा संलग्नको पहिचान हुन सकेको छैन । उनका आमाबुबा न्याय माग्न काठमाडौँ आएका छन् । घटनाको विरोधमा सडक तातेको छ । नागरिक समाज , कलाकार,  अगुवा, अभियन्ता, शिक्षक, विदयार्थीदेखी आम नागरिक स्वस्फूर्त  रुपमा घटनाको विरोधमा उत्रिएका छन्  । न्यायका निम्ती आवाज उठाइरहेका छन् । तर अनुसन्धान फितलो बन्दै गईरहेको छ । आम नागरिकले यतिबेला गुनासो गरिरहेका छन् के हामी साँच्चीकै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका नागरिक हौँ ?

निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा सैनिकमाथि पनि अनुसन्धान हुने भनिएको छ । 

बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका आमा–बुवाले आफ्नी छोरीको वास्तविक हत्यारा पत्ता लगाई दोषीलाई कडाभन्दा कडा कानुनी कारबाही नगरेसम्म आफूहरु गृहजिल्ला नफर्किने बताईरहेका छन् ।  

आर्थिक वर्ष ०६९–०७०  देखि ०७४–०७५ को ६ वर्षको तथ्यांक विश्लेषण गर्ने हो भने बलात्कारका घटनाको ग्राफ बढ्दो छ । प्रहरी प्रधान कार्यालयको ६ वर्ष अर्थात् २ हजार १ सय ९० दिनमा ६ हजार २ सय ६३ बलात्कारका घटना दर्ता भएका छन् ।

 कलाकार एवम् समाजसेवी श्रीकृष्ण सिंखडाले घटनाको निष्पक्ष अनुसन्धान र छानबिन गर्न सरकारसँग माग गर्दै प्रश्न गरेका छन्, सिंहदरबारले निर्मलालाई न्याय दिन नसक्ने नै हो ? भोली कन्चनपुरको घटनामा शितलनिवासमा भयो भने नी ? 

थप समाचारहरु पढ्नुहोस् : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?