प्रतिनिधिसभा शिक्षा समितिका सभापतिमा जयपुरी घर्ती

काठमाडौं । प्रतिनिधिसभा शिक्षा तथा स्वासथ्य समितिका सभापतिमा जयपुरी घर्ती निर्वाचित भएकी छन् । 

शुक्रबार समितिको ज्येष्ठ सदस्य मानबहादुर विश्वकर्माको अध्यक्षतमा बसेको बैठकले घर्तीलाई निर्विरोध निर्वाचित गरेको हो । 

घर्तीको उम्मेदवारीको प्रस्तावकमा योगेशकुमार भट्टराई र समर्थकमा अन्जना बिशङ्खे रहेका थिए ।

प्रस्तावकका समर्थक सांसद बिशङ्खेले नेपाली राजनीतिमा शालीन व्यक्तित्वका रुपमा सभापति घर्ती परिचित रहेकी बताइन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?