काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सात प्रदेशका कमिटीको जिम्मेवारी बाँडफाँट गरेको छ ।
शुक्रबार विहान बसेको सचिवालय बैठकले प्रदेश कमिटीको जिम्मेवारी को कसलाई दिने भन्ने विषयको टुंगो लगाएको हो ।
नेकपाले सात प्रदेशका इन्चार्ज, अध्यक्ष तथा सह–इन्चार्ज र सचिव तोकेको हो ।
प्रदेश नं. एकको इन्चार्जमा भीम आचार्य, अध्यक्षमा देवराज घिमिरे, सह–इन्चार्जमा साबित्रीकुमार काफ्ले र सचिवमा सुरेश बहादुर राईलाई जिम्मेवारी दिएको छ ।
त्यस्तै सचिवालयको बैठकले प्रदेश २ को इन्चार्जमा सत्यनारायण मण्डल, अध्यक्षमा प्रभू साह, सह–इन्चार्जमा विश्वनाथ साह र सचिवमा सुमन प्याकुरेललाई जिम्मेवारी दिएको छ ।
यसैगरी प्रदेश ३ मा अष्टलक्ष्मी शाक्य इन्चार्जको जिम्मेवारी दिइएको छ भने अध्यक्षमा हितमान शाक्य, सह–इन्चार्जमा नारायण दाहाल र सचिवमा आनन्द पोख्रेल छन् ।
गण्डकी प्रदेशको इन्चार्जमा पृथ्वी सुब्बा गुरुङ, अध्यक्षमा हितराज पाण्डे, सह–इन्चार्जमा खगराज अधिकारी र सचिवमा गोविन्द नेपालीलाई जिम्मेवारी दिइएको छ भने प्रदेश ५ मा शंकर पोख्रेललाई इन्चार्जको जिम्मेवारी दिइएको छ । साथै अध्यक्षमा ओनसरी घर्ती, सह–इन्चार्जमा दलबहादुर राना र सचिवमा जगप्रसाद शर्मालाई तोकिएको छ ।
त्यस्तै कर्णाली प्रदेशको इन्चार्जमा जनार्दन शर्मा, अध्यक्षमा गोरखबहादुर बोगटी, सह–इन्चार्जमा यमलाल कंडेल र सचिवमा मयाप्रसाद शर्मालाई जिम्मेवारी दिइएको छ ।
प्रदेश ७ मा भीम रावललाई इन्चार्जको जिम्मेवारी दिइएको छ भने अध्यक्षमा कर्ण थापा, सह–इन्चार्जमा लक्ष्मणदत्त जोशी र सचिवमा नेप चौधरीलाई जिम्मेवारी दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया