कपिलवस्तु । जिल्ला वन आर्यालय कपिलवस्तुले चित्तल शिकार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
संरक्षणको सूचीमा रहेको जंगली जनावर चित्तल शिकार गरेको आरोपमा बुद्धभूमि नगरपालिका गोरुसिंगेका २७ वर्षीय केशबहादुर थापा र ३६ वर्षीय शिव श्रेष्ठ पक्राउ गरेका हुन् ।
उनीहरुले जिल्लाको तिलौराकोट साझेदारी वन क्षेत्रमा चित्तलको शिकार गरेको आरोप लागेको छ ।
पक्राउ परेका दुवै जनाविरुद्ध राष्ट्रिय निकुन्ज वन्यजन्तु संरक्षण ऐन अनुसार थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाइएको सहायक वन अधिकृत रामचन्द्र श्रेष्ठले बताए ।
उनिहरुले चित्तलको शिकार गरेपछि बोरामा चित्तलको मासु प्याकिङ गरेर लैजादै गर्दा तिलौराकोट साझेदारी वनका कर्मचारीहरुले मृत चित्तलसहित पक्राउ गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया