काठमाडौं– सत्तारुढ दलले सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीविरुद्ध महाभियोग लगाउने तयारी गरेको छ ।
संसदीय सुनुवाई विशेष समितिले जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गरेसँगै राजीनामा दिन दवाव दिएको थियो । सर्वोच्च अदालतले २८औं प्रधानन्यायाधीशका रूपमा ओमप्रकाश मिश्र पाएसँगै यसअघि प्रधानन्यायाधीशमा अस्वीकृत भएका दीपकराज जोशी पनि न्यायाधीशका रूपमा सर्वोच्च फर्केका छन् ।
धेरैको अनुमानविपरीत जोशी सर्वोच्च फर्केका हुन् । उनी सर्वोच्च फर्केसँगै राजीनामा र महाअभियोगबारे पनि चर्चा हुन थालेका छन् । तर, आफूभन्दा कनिष्ट न्यायाधीश प्रधानन्यायाधीश भएपछि नैतिकताको आधारमा जोशीले पदबाट राजीनामा गर्लान भन्ने धेरैको अनुमान र आशंका गलत सावित भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया