सुनसरी । सुनसरीको हरिनगरा-२, भुटाहा मा हतियारधारी समूहको गोली लागेर इस्लाम धर्मका शिक्षक खुर्सिद अन्सारीको ज्यान गएको छ । भारतबाट मोटरसाइकलमा आएको २ जनाको समूहले अन्सारीको हत्या गरेको हो ।
सुनसरी, प्रहरी निरीक्षक कमल खत्रीका अनुसार ४५ वर्षीय खुर्सिदलाई दुई वटा गोली लागेको छ ।
'घटनाको अनुसन्धान भइरहेको छ, कसले हत्या गर्यो भनेर अहिले नै भन्न सकिने अवस्था छैन,' खत्रीले भने, 'अहिले हामी घटनास्थलमै छौँ ।'
अन्सारी रौयान नेसनल पब्लिक स्कुलका व्यवस्थापन समितिका अध्यक्षसमेत हुन् ।
अन्सारीको हत्या गरी भागेको हतियारीधारी समूहले सीमा नाकामा चेकजाँचमा बसेको प्रहरीले रोक्न खोज्दा प्रहरीलाई समेत गोली प्रहार गरेको थियो । गोली लागेर प्रहरी जवान शिव पौडेल घाइते भएका छन् । अपराधीले पौडेलको हात र खुट्टामा गोली हानेर भागेका थिए ।
उक्त क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । हतियारधारी कुन सवारीमा आएका थिए भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कमल खत्रीले बताए ।
प्रहरीले उक्त क्षेत्रका नाका शिल गरेको छ ।
तस्वीरः नवल खड्का
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया