बच्चा जन्माई फालेको अभियोगमा अस्मिता चौधरी पक्राउ

सुनसरी । बच्चा जन्माई फालेको अभियोगमा धरान उपमहानगरपालिका–१० नारायन चोक डेरा गरी बस्ने इनरुवा डुम्राहा घर बताउने १९ वर्षीया अस्मिता चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँको शौचालयको छेउमा सोमबार नवजात शिशु मृत अवस्थामा फेला परेको थियो ।

अविवाहिता चौधरीले पुरुष जातको शिशु जन्माई उक्त स्थानमा फालेको खुल्न आएपछि ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?