भारतीय सेनापतिलार्इ सांसद योगेश भट्टरार्इको सुझाव : अाफ्नो देशको चिन्ता गर, अरूको होर्इन

काठमाडाैं : नेपालको सार्वभाैमिकता विरूद्ध अभिव्यक्ति दिएका भारतीय सेनाध्यक्ष विपिन रावतलार्इ सत्ताधारी (ने.क.पा.) का नेता संघीय सांसद योगश भट्टरार्इले कडा सुझाव दिएका छन् । 

विधुतीय सामाजिक सञ्जाल ट्वीटरमा भट्टरार्इले लेखेका छन् ''भारतीय सेनापती बिपिन रावतजी, नेपाल हिजो भारत तिर ढल्कियो त्यो गल्ती थियो, अब तेता तिर ढल्किदैन, यो पनि ढुक्क हुनुहोस् कि यो देश चीन तिर पनि ढल्किदैन । आफू र आफ्नो देशको बारेमा चिन्ता लिनुहोस्, नेपालको बारेमा चिन्ता गर्न हामी नै  पर्याप्त छौ ।''

बिम्सटेक शैन्य अभ्यास समापनका क्रममा त्यसमा सहभागी नभएको नेपालप्रति लक्षित गर्दै रावतले नेपाल र भुटान भारतसँग नझुकि सुखै नभएको अभिव्यक्ति दिएका थिए । 

नेपाल र भुटानको सार्वभौमसत्तामाथि भारतीय सेनापति विपिन रावतको आपत्तिजनक अभिव्यक्ति

भारतीय सेनापतिको अभिव्यक्तिका विरूद्ध नेपालमा व्यापक विरोध भर्इरहेको छ ।

भारतीय सेनाध्यक्ष विपिन रावत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?