प्रधानमन्त्री अोली अमेरिका जाने

काठमाडाैं : संयुक्त राष्ट्रसंघ (युएन) को ७३ अाैं महासभामा भाग लिन प्रधानमन्त्री केपी अोली असोज ६ गते अमेरिका जाने भएका छन् । 

अोलीसहितको उच्चस्तरीय जम्बो टोली अमेरिका जान लागेको परराष्ट्र स्रोतले जानकारी दियो । 

युएनको अाैपचारिक बैठक अाज (असोज २) देखि शुरू भर्इसकेको छ । तर ९ गतेबाट शुरू हुने उच्चस्तरीय सम्बोधनमा सहभागी हुन अोली ६ गते नै अमेरिका जान लागेका हुन् ।

अोलीले असोज ११ गते महासभा बैठकलार्इ सम्बोधन गर्नेछन् ।नयाँ संविधान जारी गरेपछि नेपालमा सम्पन्न ३ वटा निर्वाचन, हाल सरकारले अार्थिक समृद्धिका लागि चालेका कदमहरू एवं नेपालको पछिल्लो अवस्थाबारे अोलीले महासभा बैठकमा बोल्ने उनका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?