अख्तियार प्रमुखमा प्रस्तावित घिमिरेलाई राहत, उजुरी परेन

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रस्तावित नवीनकुमार घिमिरेविरुद्ध संसदीय सुनुवाइ समितिमा कुनै पनि उजुरी परेन ।
संवैधानिक परिषद्को सिफारिस अनुसार नियुक्तिपूर्व हुने संसदीय सुनुवाइको प्रक्रियाका क्रममा समितिले घिमिरेविरुद्ध उजुरी आह्वान गरेको थियो ।
दश दिनको समयसीमा दिएर यही भदौ २३ गतेदेखि उजुरी आह्वान भएको थियो । सोमबारसम्मको समयसीमामा घिमिरेविरुद्ध कुनै उजुरी नपरेको हो । सङ्घीय संसद् सचिवालयका सहसचिव ध्रुवप्रसाद घिमिरेले प्रस्तावित प्रमुख आयुक्त घिमिरेविरुद्ध कुनै पनि उजुरी नपरेको बताए ।  आजको गोरखापत्र दैनिकले खबर छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?